हेटौंडा- कोरोना भाइरसबाट मकवानपुरमा बिहीबार बिहान थप ५८ जना संक्रमित भएका छन् ।
हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा ३८ पुरुष र २० महिला छन् । संक्रमितमध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रैका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
मकवानपुरमा हालसम्म एक हजार ५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म एक हजार तीनसय ४९ जना कोरोना संक्रमित निको भइसकेका छन् ।