शनिबार, भदौ १३, २०८३

लकडाउनले ओडारमा पुर्‍यायो

गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ। ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, उनकी श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन्। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

तनहुँ- गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ। ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, उनकी श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन्। 

लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउनुहुन्छ। 

मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छ। कोभिड–१९ को सङ्क्रमणले भएको पटक÷पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताए।  

‘दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ,’ मनवीरकी श्रीमती उदाशियाले भनिन्। 

उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए। आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उनले आफ्नो पीडा व्यक्त गरिन्।  

चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए। उनका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन्। 

स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउँछिन्।  ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ। 

‘जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जंगल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ,’ पुल्चोक निवासी डा एचबी क्षेत्रीले भने, ‘उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ।’ 

गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिइन्।  उनले भनिन, ‘पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ।’ 

-रासस

प्रकाशित: Oct 08, 2020| 03:25 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।