शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवन राष्ट्रिय निकुञ्जामा तीन महिनामा आठ गैंडा मृत भेटिए  

चितवन राष्ट्रिय निकुञ्जामा तीन महिनामा आठ गैंडा मृत भेटिए  

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाभन्दा कम सयमा आठवटा गैंडा मृत मेटिएका छन्।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

चितवन–चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाभन्दा कम सयमा आठवटा गैंडा मृत मेटिएका छन्। एकसाता यता मात्रै तीन गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अशोक रामले बताए। 

बुधबार मात्रै उउटा गैंडा  नारायणी नदीमा  मृत अवस्थामा फेला परेको अधिकारी रामले जानकारी दिए।  सूचना अधिकारी  रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो।

डुंगा गस्ती टोलीले बुधबार दिउँसो अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए। निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए। 

पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् भने यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका उनले जानकारी दिए।  

प्रकाशित: Oct 08, 2020| 02:45 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।