शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमणबाट भैरहवामा वडा सदस्यको मृत्यु

कोरोना संक्रमण भई युसिएमएस भैरहवामा उपचाररत सिद्धार्थ नगरपालिका ५ का सदस्य सुबोध तुलाचनको मृत्यु भएको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

भैरहवा- कोरोना संक्रमण भई युसिएमएस भैरहवामा उपचाररत सिद्धार्थ नगरपालिका ५ का सदस्य सुबोध तुलाचनको मृत्यु भएको छ। 

उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन्।  

उनी असोज १४ गते अस्पताल भर्ना भएका थिए। सुरुमा स्वासप्रश्वासमा समस्या देखिएर भिम अस्पताल पुगेका उनी भेन्टिलेटर सुविधा नहुँदा युसिएमएस गएका थिए।

कोरोना संक्रमण भई होम आईसोलेशन बसेका उनलाई स्वास्थ्य समस्या बढेपछि असोज १४ गते अस्पताल लैजान खोज्दा एम्बुलेन्स समेत पाइएको थिएन। 

जेसिसका अध्यक्ष मंगल भन्डारीको निजी गाडीमा अस्पताल पुर्याइएका उनको ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  उनको गए राति निधन भएको अस्पतालले जनाएको छ। 

प्रकाशित: Oct 08, 2020| 01:54 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।