शनिबार, भदौ १३, २०८३

डा. केसीसँग आज दिउँसो वार्ता हुने

 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं । सत्याग्रही डा. गोविन्द केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने भएको छ। 

केसी अनसन बसको २४ औँ दिनसम्म पनि वास्ता नगरेको सरकारले बुधबार वार्ता टोली गठन गरेपछि केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको हो। दुवै पक्षका वार्ता टोलीले आज दिउँसो वार्ता गर्ने भएका हुन् ।

वार्ताको मुडमा नदेखिएको सरकारले  प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरुको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। 

सरकारको समिति बनेको केही घन्टापछि  डा केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बन्यो ।  केसीका तर्फबाट  डा जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

वार्ता टोली नै नबनाउने सरकारी मनसाय र आजदेखि आन्दोलन सुरु गर्ने केसीपक्षबीच वार्ता टोली बनेपछि आजबाट वार्ता हुने भएको छ।  

सरकार र  सत्याग्रही डा केसीको वार्ता टोलीबीच आज  (बिहीबार) दिउँसो  ४ बजे वार्ता गर्ने तय भएको छ।  

प्रकाशित: Oct 08, 2020| 01:16 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।