काठमाडौं– भारतीय केन्द्रीय जाँच ब्युरो (सीबीआई) का पूर्व निर्देशक अश्वनी कुमारको मृत्यु भएको छ। उनी शिमलास्थित आफ्नो घरमा मृत भेटिएका छन्।
७० वर्षीय अश्वनीले आत्महत्या गरेको बताइएको छ। शिमलास्थित बीबीसीका पत्रकार अश्वनी शर्माका अनुसार घटनास्थलमा पुगेका प्रहरी महानिर्देशक सञ्जय कुन्डुले घटनाको पुष्टि गर्दै अश्वनी कुमारले आत्महत्या गरेको बताएका छन्।
उनको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको छ। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।
हिमाचल प्रदेशको पिछडिएको जिल्ला सिरमौरमा जन्मेका अश्वनी कुमार सन् २००८ देखि २०१० सम्म सीबीआईको निर्देशक भएका थिए।