पर्सा- पर्सा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकेर जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २३ घर भएका २३ वर्षीय अर्जुन पासवान रहेका छन्।
२ वर्ष पहिला जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार जरिवाना तोकिएका पासवान लकडाउन खुलेसँगै गाउँमा लुकिछिपी बसिरहेको सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए।
अदालतको फैसलापछि फरार भएका पासवानलाई प्रहरीले प्रसौनी नजिकैबाट पक्राउ गरी नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिएको पासवानलाई आज अदालतमा पेश गरिएको थियो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।