शनिबार, भदौ १३, २०८३

स्याङ्जाको पुतलीबजारमा यातायात कार्यालय

पुतलीबजारमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायातको शाखा कार्यालय सञ्चालनमा आएको छ। पुतलीबजारस्थित ट्राफिक चोकमा बुधबारदेखि कार्यालय सञ्चालनमा आएको हो। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

पोखरा- पुतलीबजारमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायातको शाखा कार्यालय सञ्चालनमा आएको छ। 

ट्राफिक चोकमा बुधबारदेखि सञ्चालनमा आएको कार्यालयबाट सवारीसाधन दर्ता, जाँचपास, बिलबुक नवीकरण, रुट नवीकरण र रुट इजाजत सम्बन्धी काम हुने पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले बताए। 

कार्यालयमा स्याङ्जा जिल्लाभरका सेवाग्राही लगायत नवलपरासीको डेढगाउँ, पाल्पा रामपुर, पर्वत हुवास र पोखराका सेवाग्राहीले सेवा पाउनेछन्। 

सेवा शुभारम्भ भएको अवसरमा पहिलो सेवाग्राही ध्रुव पाठक र ओमप्रसाद पौडेललाई खादा लगाई सम्मान गरिएको थियो।

पहिलो सेवाग्राही पाठकले यातायातको कार्यालय स्याङ्जामा स्थापना भएकाले पोखरा धाउनुपर्ने बाध्यता हटेको बताए। उनले समयको बचत भएको बताउँदै लाइसेन्सको काम पनि स्याङ्जाबाट गर्न अनुरोध गरे। 

कार्यालय प्रमुख र लेखा अधिकृतको जिम्मा दुवैतिर हुने हुँदा यातायात शाखाको कार्यालय ७ जना कर्मचारीले काम गर्नेछन्।

पूर्वाधार विकास कार्यालय र यसअन्तर्गतको यातायात शाखा कार्यालयको कार्यालय प्रमुख र लेखा अधिकृतले दुवै कार्यालय हेर्ने भएकाले पूर्वाधार विकास कार्यालय र यातायात शाखा अन्यत्र लैजान नसकिएको हो। यातायात कार्यालय वालिङमा राख्न माग हुँदै आएको थियो।


 

प्रकाशित: Oct 07, 2020| 13:27 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।