शनिबार, भदौ १३, २०८३

‘बेड पुगेन भने लकडाउन गर्नुको विकल्प छैन’

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि पुन लकडाउन गर्ने बताए पनि संख्या बढेको आधारमा लकडाउन नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

‘संख्या बढेको आधारमा लकडाउन गरिँदैन, अस्पतालहरुमा बेडको अभाव भएमा मात्रै लकडाउन गरिन्छ।’ प्रवक्ता गौतमले नेपाल समयसँग भने।

डा. गौतमले भने, ‘अहिले हामीले अस्पतालहरुमा बेडको अवस्था कस्तो छ भनेर अनुगमन गरिरहेका छौँ, बेडको संख्या अपुग भएमा चाँहि लकडाउन गर्नुको विकल्प छैन।’ 

पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव हुन थालेको मन्त्रालयले जनाएको छ। घना बस्ती भएका क्षेत्रहरुमा संक्रमित बढेपछि बेड पाउन समस्या हुन थालेको गौतमले जानकारी दिए।

गौतमका अनुसार संक्रमण तिव्र रुपमा फैलँदा बिरामी व्यवस्थापनमा चुनौती थपिएको भन्दै संक्रमणको दर यसरी नै बढ्दै गए अस्पतालले भार थाम्न नसक्ने अवस्था आउँछ।

लकडाउन हुन नदिने हो भने सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन प्रवक्ता गौतमले आग्रह गरे। बुधबार ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको छ।
 

प्रकाशित: Oct 07, 2020| 12:50 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।