काठमाडौं– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका– ६ काउलेमा घर खानतलासी गर्ने क्रममा हतियार बरामद भएको हो।
पक्राउ पर्नेमा ६६ वर्षीय थमन गुरुङ र २० वर्षीय सुजन गुरुङ छन्। थमनको घरबाट प्रहरीले एक थान बन्दुक, बारुद र गोली बनाउने सामान बरामद गरेको छ।
त्यस्तै सुजनको घरबाट प्रहरीले एकनाले भरूवा बन्दुक बरामद गरेको छ।
प्रहरीले पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।
स्याङजा जिल्ला अदालतबाट २५ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।