शनिबार, भदौ १३, २०८३

दोहोरो अंकले बढ्यो सेयर बजार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले उकालो लागेको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले उकालो लागेको छ। 

१४.६८ अंकले वृद्धि भएको बजार १६००.९७ विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले बढेर ३१६.३९ मा पुगेको छ। 

बढेको बजारमा तीन अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबर कारोबार भएको छ। आज १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार सेयर खरिद विक्री भएको छ। 

आज उत्पादन समूहको उपसूचक १.०३ र माइक्रोफाइनान्स ०.२ विन्दुले ओरालो लागेको छ भने बाँकी सबै समूह उकालो लागेका छन्। 

बैंकिङ ५.५३, व्यापार ६.९, होटल ५२.६७, विकास बैंक ७७.९८ र जलविद्युत् ७५.९३ अंकले  बढेको छ। 

त्यसैगरी फाइनान्स २३.१४, निर्जिवन बिमा ७६.०८, अन्य ४.७, बिमा १७.६६ र म्यूचुअल फण्ड ०.०५ अंकले बढेको छ। 

आज साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् भने लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन्।  
 

प्रकाशित: Oct 07, 2020| 10:29 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्