काठमाडाैं- स्मार्टडोकोले लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेट फोल्ड २ को लागि प्रि–बुकिङ्ग खोलेको छ। कम्पनीका अनुसार यसको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँमा प्रि–बुकिङ खुल्ला गरिएको हो।
यो स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ भने किताबजस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्रि क्यामेरा रहेको छ। जुन हात वेभ गर्दा शुट हुन्छ।
प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनेछ। ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ। सामसङ ग्यालेक्सी जेट फोल्ड २ प्रि–बुक गर्न वेबसाइटमा जान सक्नेछन्। त्यसैगरी ९८०१०१३३११ वा ९८०२००२८७० मा पनिसम्पर्क गर्न सक्नेछन्।
ग्राहकहरुले पाँच हजार रुपैयाँ प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुन्छ। बाँकी रकम ह्यान्डसेट पाएपछि भुक्तान गर्नुपर्नेछ। आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले नेपालमै पहिलोपटक सामसङको ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा उत्साहित भएको बताए। यो स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराइने उनले बताए।
स्मार्टडोकोबाट प्रि–बुकिङ्गअसोज २८ गते सम्म मात्र खुल्ला गरिएको हो। स्मार्टडोकोले मोबाइलको निःशुल्क डेलिभरी गराउने बताइएको छ। स्मार्टडोको नेपालको इ–कमर्स प्लेटफर्म हो।