शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दिगो स्वर्ण उत्सव-हरेक खरिदमा चार तोलासम्म सुन उपहार

दिगो स्वर्ण उत्सव-हरेक खरिदमा चार तोलासम्म सुन उपहार

 दिगोले दिगो ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दिगो स्वर्ण उत्सव’ सार्वजनिक गरेको छ ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- दिगोले दिगो ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दिगो स्वर्ण उत्सव’ सार्वजनिक गरेको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलका आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् ।

यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालु खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङलगायतको लाभ पनि लिन पाउने कम्पनीले जनाएको छ । दिगोले नेपाली बजारमा दिगो ई ८, डीएफएसके डाँफे, जोयलङ इ६ र सीएचटीसी ई-बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलमा लागु हुनेछ ।

 

 

दिगो ई८ ह्‍याचब्याक कार हो । यो मोडलको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनईडीसी २०० किलोमिटर) गुड्ने कम्पनीले जनाएको छ ।

डीएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनईडीसी ३०० किलोमिटर) गुड्ने जनाइएको छ ।

त्यसैगरी जोयलङ ई ६, २० सिट क्षमताको मिनीबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने ई ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनईडीसी २८० किमि) गुड्ने जनाइएको छ ।

त्यस्तै, सीएचटीसी ई-बस २८ सिटको छ ।  एक करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकताअनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्ने जनाइएको छ ।  

प्रकाशित: Oct 07, 2020| 06:31 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्