काठमाडौं– ई–कमर्स वेबसाइट स्टपग्राबडटकम सुरु भएको छ। स्टप ग्य्राब प्रालिले उक्त साइट सञ्चालनमा लाएको हो।
करिब डेढ वर्षको गृहकार्यपछि विभिन्न ५०० जना विक्रेताहरुको विभिन्न खालका सामग्री राखेर साइट सुरु गरिएको कम्पनीले जनाएको छ।
यस अनलाइनको मुख्य लक्ष्य नै सर्वसुलभ रुपमा ग्राहकले सामान खरिद गर्न सकुन् तथा विक्रेताले सजिलो तरिकाले आफ्नो सामान बेच्न सकुन् भन्ने रहेको छ। साथै बजारमा व्याप्त बिचौलिया तथा मोलमोलाइको समस्याबाट ग्राहकले छुटकारा पाउने भन्ने विश्वास कम्पनीले राखेको छ।
यस अनलाइन प्ल्याटफर्ममा सानादेखि ठूलासम्म, बच्चादेखि बूढासम्मका लत्ताकपडा, घर सजावटका सामग्री, ग्रोसरीज, कस्मेटिक्स तथा विभिन्न भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार झाले जानकारी दिए।
विशेष सामग्रीहरुमा विशेष छुट तथा अफरको सुविधा रहेको र दशैंको खुसियाली बाँड्न भाग्यमानी १० प्रिपेड भुक्तानी गर्ने ग्राहकको लागि दशैं उपहार स्वरुप सतप्रतिशत नगद फिर्ता स्किम पनि ल्याएको छ ।
अर्डरपश्चात् सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटो होम डेलिभरीको सुविधासमेत उपलब्ध रहेको छ । मगाएको सामान आफूले भने बमोजिम नभएमा ७ दिने रिटर्न पोलिसि समेत उपलब्ध गराइएको छ ।