शुक्रबार, फागुन २९, २०८२

राष्ट्रपति ट्रम्पको अवस्था जटिल, शरीरमा घट्यो अक्सिजन 

लक्षणहरु थपिनुका साथै शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था जटिल बनेको सीएनएनले लेखेको छ । 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 

National life

लक्षणहरु थपिनुका साथै शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनको अवस्था जटिल बनेको सीएनएनले लेखेको छ । 

शुक्रबार संक्रमण पुष्टि भएका उनलाई पहिलो दिन उच्च ज्वरो थियो भने शनिबारबाट उनको रगतमा अक्सिजनको तह कम भएको छ।

दुई पटक गरिएको परिक्षणमा एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो। यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।

विज्ञहरूका अनुसार रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड–१९ भएको मानिन्छ । 

Laxmi sunrise bank
kumari

सीएनएनका अनुसार ट्रम्पलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको छ । उनको स्वास्थ्य अवस्था सार्वजनिक गरिएभन्दा  बढी नै गम्भीर भएको पनि आशंका गरिएको छ । 

डेक्सामेथासोन औषधि विरामीको अवस्था गम्भीर हुँदै गएको अवस्थामा बाहेक सामान्यतया प्रयोग नहुने चिकित्सकहरु बताउँछन् ।

ट्रम्पको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी नदिएकाले उनीमाथि डेक्सामेथासोनको प्रयोग चाँडो गरियो वा साँच्चै अवस्था गम्भीर भएर प्रयोग गरियो भन्ने बारेमा स्पष्ट हुन सकेको छैन् । 

न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनका अनुसार जस्तो औषधी प्रयोग भएको छ त्यसले ट्रम्पको अवस्था गम्भीर रहेको संकेत गरेको छ । 
 

प्रकाशित: Oct 05, 2020| 02:24 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।