शनिबार, भदौ १३, २०८३

कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना

नेपालमा आइतबारसम्म ६४ हजार ६९ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– नेपालमा आइतबारसम्म ६४ हजार ६९ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २३४ छ।

हालसम्म प्रदेश १ बाट पाँच हजार ७३३, प्रदेश २ बाट १४ हजार २९१ र बागमती प्रदेशबाट २० हजार ४९३ जना कोरोनामुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट तीन हजार ३७९, प्रदेश ५ बाट नौ हजार ५५, कर्णालीबाट तीन हजार १८५ र सुदूरपश्चिम प्रदेशबाट सात हजार १५५ जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Oct 04, 2020| 10:41 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।