शनिबार, भदौ १३, २०८३

दैलेखका एक कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

नेपालगंज मेडिकल कलेज, कोहलपुरमा दैलेखका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

नेपालगंज- नेपालगंज मेडिकल कलेज, कोहलपुरमा दैलेखका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

नारायण नगरपालिका–८ दैलेखका ५१ वर्षीय पुरुषको आज (आइतबार) दिउँसो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

स्वास्थ्यमा समस्या देखिए पछि परिवारका सदस्यले आज दिउँसो पौने १ बजे शिक्षण अस्पताल कोहलपुरमा ल्याएका थिए। उनको अस्पताल भर्ना भएको केहीबेरमै मृत्यु भएको हो।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको पेटको आन्द्रा फुटेको र दैलेखमा उपचार सम्भव नभएपछि मेडिकल कलेजमा उपचारका लागि ल्याएको अस्पतालले जनाएको श्रेष्ठले बताएका छन्। 

प्रकाशित: Oct 04, 2020| 10:05 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।