शुक्रबार, फागुन २९, २०८२

चीनको व्यस्त सडकमा भएको दुर्घटनामा १८ जनाको मृत्यु

चीनमा भएको एक भयानक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- चीनमा भएको एक भयानक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। उत्तरपूर्वी चीनको जिलिन प्रान्तस्थित फुयु सहरमा आज (आइतबार) उक्त दुर्घटना भएको हो।

National life

व्यस्त सडकमा दुईवटा ट्रक ठोक्किँदा आसपासका सवारी साधनमा सवार व्यक्तिहरुको मृत्यु भएको हो।

सुरुमा एउटा सानो गाडी अर्को गाडीमा ठोक्किएर उछिट्टिएपछि ठूला ट्रक एक आपसमा ठोक्किएको बताइएको छ।

त्यो क्रममा व्यस्त सडकमा गुडिरहेका थुप्रै सवारी साधनहरु ठोक्किएका थिए।

दुर्घटनामा ८ जनाको घटनास्थलमै र १० जनाको उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

Laxmi sunrise bank
kumari

घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले यस घटनाको छानबिनका लागि विशेष टोली गठन गरेर पठाएको छ।

प्रकाशित: Oct 04, 2020| 09:40 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।