शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्काे गोदाममा छापा मारेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्काे गोदाममा छापा मारेको छ। प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान छापा मारेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले म्याद नाघेका सामान बेच्ने गरेको सूचनापछि छापा मारिएको जानकारी दिए।

उनका अनुसार छापा मारिएको गोदाम घरबाट ठूलो मात्रामा चकलेट, पिठोलगायत सामान रि–लेबलिङ गरेर बेच्ने गरेको पाइएको छ। 

‘मिति सकिएका सामानमा नयाँ मिति राखेर बेच्ने गरेको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिति राखेर बेच्ने गरेको पाइएपछि प्रहरीले छापा मारेको थियो।

चकलेट र अन्य खाद्य वस्तुमा नयाँ म्याद राखेर बजारमा पठाएको आरोपमा पक्राउ परेका ८ जनालाई वाणिज्य विभागले हिरासतमुक्त गरिसकेको छ।

आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पादेवी अग्रवालसहितका ९ जनामध्ये ८ जनालाई विभागले रिहा गरेको हो।

म्याद नाघेका स्निकर्स, प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउने अग्रवालसहित ८ जना रिहा

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

 

 

प्रकाशित: Oct 04, 2020| 08:02 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।