शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, अधिकांश इजलास प्रभावित

सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, अधिकांश इजलास प्रभावित

न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास प्रभावित भएका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौँ- सर्वोच्च अदालततका एक न्यायाधीशसहित केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जनाएको छ । तर, कति जना संक्रमित भए भन्ने खुलाइएको छैन् । 

स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ।

शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो।

न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास प्रभावित भएका छन्।

कोरोना देखिएपछि  सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले नेपाल समयलाई जानकारी दिए।

ढकालका अनुसार आज एउटा इजलास बाहेक सबै इजलास बन्द गरिएको छ। आज न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ। 

संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन्।

प्रकाशित: Oct 04, 2020| 05:29 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।