मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी संक्रमित भएपछि जिप्रका सिरहा एक साताका लागि बन्द

कर्मचारी संक्रमित भएपछि जिप्रका सिरहा एक साताका लागि बन्द

कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द भएको छ । 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

सिरहा- कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द भएको छ । 

Kumaribank

शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द भएको कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिए । 

गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए । 

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरेका छन् । 

Metro Mart

प्रकाशित: Oct 04, 2020| 04:45 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।