शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालभन्दा घरमा बस्ने कोरोना संक्रमित धेरै, साढे ११ हजार होम आइसोलेसनमा

अस्पतालभन्दा घरमा बस्ने कोरोना संक्रमित धेरै, साढे ११ हजार होम आइसोलेसनमा

नेपालमा २१ हजार ३ सय २ जना संक्रमित संक्रमित रहेकोमा ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा बसेका छन् । ९ हजार ७ सय ७३ जना अस्पताल र विभिन्न संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- नेपालमा कोरोनाबाट संक्रमित भएकामध्ये ५४.१२ प्रतिशत सक्रिय संक्रमित घरमै बसेका छन् । 

हाल नेपालमा २१ हजार ३ सय २ जना संक्रमित संक्रमित रहेकोमा ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा बसेका छन् । ९ हजार ७ सय ७३ जना अस्पताल र विभिन्न संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा १ हजार ९ सय ४५ जना सक्रिय संक्रमित रहेकोमा २ सय ४० जना मात्रै अस्पतालमा छन् भने १ हजार ७ सय ५ जना घरमै छन् । 

बागमती प्रदेशमा  १३ हजार ९ सय ३० जना सक्रिय संक्रमित रहेकोमा ६ हजार ८ सय ९३ जना अस्पतालमा छन् । ७ हजार ३७ जना घरमै बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै गण्डकी प्रदेशमा संक्रिय संक्रमितमध्ये ३ सय ८७ जना अस्पतालमा छन् भने ५३२ जना होम आइसोलेशनमा छन् । प्रदेश ५ मा ९५१ जना अस्पतालमा छन् भने १ हजार २ सय ५ जना घरमै बसेका छन् । 

प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने होम आइसोलेसनमा बस्नेभन्दा अस्पतालमा बस्नेको संख्या धेरै छ । 

सक्रिय संक्रमितमध्ये प्रदेश २ मा ६११ जना अस्पतालमा छन् भने ५१८ होम आइशोलेशनमा छन् । यस्तै कर्णाली प्रदेशमा ३७७ जना संस्थागत आइसोलेसनमा छन् भने २ सय ३० जना घरमै बसेका छन् । 

सुदुरपश्चिम प्रदेशमा सक्रिय संक्रमित ६१६ जना रहेकोमा ३१४ जना अस्पतालमा छन् भने ३०२ जना होम आइसोलेसनमा छन् । 

नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरु अस्पताल जान भन्दा घरमै बस्न थालेका छन् ।

अस्पताल जाँदा गोपनियता भंग हुने, आफन्तसँग देख भेट गर्न नपाइने, समाजले फरक ब्यबहार गर्नेजस्ता कारणले अस्पताल जानेको नचाहनेको संख्या बढेको जनस्वास्थ्यविद् डा‍. बाबुराम मरासिनी बताउँछन् ।

अस्पतालको व्यवस्थापन गतिलो नभएका कारण पनि गाह्रो नभइ अस्पताल नजानेको संख्या बढेको उनी बताउँछन् । 
 

प्रकाशित: Oct 04, 2020| 04:34 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।