शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीमा सरकारले भरोसायोग्य काम गरेनः अध्यक्ष राणा 

महामारीमा सरकारले भरोसायोग्य काम गरेनः अध्यक्ष राणा 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना संक्रमणको दर अचाक्ली बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको भन्दै चिन्ता प्रकट गरेका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना संक्रमणको दर अचाक्ली बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको भन्दै चिन्ता प्रकट गरेका छन्।

कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिए पनि सरकारको कुनै तयारी नदेखिएको भन्दै अध्यक्ष राणाले सरकारको आलोचना गरेका छन्। ‘महामारी विरुद्ध प्रभावकारी कार्यक्रम ल्याउन सरकारलाई केले छेक्यो?’, भन्दै राणाले प्रश्न गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जताततै संकट र चिन्ता व्यक्त भइरहेको छ । यत्रो विपतबीच महामारी विरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ?’

सरकारप्रति कटाक्ष गर्दै राणाले प्रश्न गरे, ‘जनता ढुक्क रहने, लोकले भरोसा गर्ने प्रभावकारी कार्यक्रम ल्याउन, हेलो सरकार केले छेकेको छ ?’


 

प्रकाशित: Oct 04, 2020| 04:00 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।