शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकसहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि

चिकित्सकसहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि

नवलपरासीमा २६ जना, तनहुँमा ९ जना, लमजुङमा ५ जना, गोरखा, बाग्लुङ र स्याङ्जामा एकएक जनामा संक्रमण देखिएको हो।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४३ जना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विवरण अनुसार नवलपरासीमा २६ जना, तनहुँमा ९ जना, लमजुङमा ५ जना, गोरखा, बाग्लुङ र स्याङ्जामा एकएक जनामा संक्रमण देखिएको हो।

तनहुँका नौ जनानै संक्रमित बीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत कर्मचारी हुन् । जसमा चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी छन् । 

लमजुङका सबैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन्। उनीहरु सबैलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भइरहेको छ।

आज थप ४३ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ। 

प्रकाशित: Oct 04, 2020| 03:10 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।