शनिबार, भदौ १३, २०८३

डा. केसीको समर्थनमा आवासीय चिकित्सकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौँ- स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरुले डा केसीको जीवनरक्षा र उनका माग पूरा गर्न दबाब दिन आज (आइतबार)देखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा ठप्प बनाएका छन् ।

उनीहरूले २४ घण्टाभित्र सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका लागि पहल नगरेमा थप कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

भदौं २९ गतेबाट १९ औं अनसन सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

जुम्लाबाट अनसन सुरु गरेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छन् । 

२१ दिनदेखि अनसनरत रहेका डा केसीको माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन् । शिक्षा र स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मेबारीबाट पन्छिराखेको छ । 
 

प्रकाशित: Oct 04, 2020| 02:30 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।