शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसद्वारा आज रुपन्देही बन्दको आह्वान, ६० भन्दा बढी संस्था आन्दोलनको तयारीमा

कांग्रेसद्वारा आज रुपन्देही बन्दको आह्वान, ६० भन्दा बढी संस्था आन्दोलनको तयारीमा

प्रदेश राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

भैरहवा– प्रदेश राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले भने, ‘प्रदेश सरकारको निर्णयबिरुद्ध हामीले आज जिल्ला बन्दको आह्वान गरेका छौं। प्रदेशको राजधानि रुपन्देहीबाट अन्यत्र लैजान खोज्नु गलत हो।’

उनले यहाँ राजधानी बनाउनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी भइसकेको जिकिर गरे। 

‘एकातिर पूर्वाधारमा अरबौं खर्चिने अनि राजधानी अर्कातिर  लैजाने प्रस्ताव संसदमा दर्ता गर्ने प्रदेश सरकारको रबैया ठिक छैन,’ उनले भने, ‘हामी यो कार्य हुन दिदैनौँ।’ 

प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुबाङ क्षेत्रमा सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता गरिसकेको छ। 

सत्तारुढ दल नेकपा संसदीय दलले भालुवाङमा प्रदेश राजधानीका लागि  मतदान गर्न सांसदलाई ह्वीप जारी गरिसकेको छ। 

नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने पक्षमा संसदमा मतदान गर्ने निर्णय गराएका हुन्।  

शुक्रबार प्रदेश सरकारले दांग जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले चर्चको राप्ती नदी किनारको मैदानी भाग र राप्ती उपत्यका (देउखुरी) प्रदेशको राजधानी तोक्ने प्रस्ताव संसदमा दर्ता गरेको छ।  

नेकपा संसदीय दलको निर्णयसंगै प्रदेशको राजधानी र नामाकरण अब औपचारिक रुपमा टुंगाउन मात्रै बाँकी छ। 

यद्यपि साविक लुम्बिनीको रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी पश्चिमका सांसदहरुले भने रुपन्देही राजधानी बनाउनुपर्ने माग गरेका छन्। 

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राजमोका १ सांसद गरि कुल ८७ सांसद छन्। यसअघि नेकपा भित्रकै विवादको कारण प्रदेश राजधानी कहा राख्ने भन्ने विषय अन्यौलमा थियो।

निषेधाज्ञा र संघसंस्थाको आन्दोलन

यतिबेला बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विगतमा प्रदेश सरकारको स्थापनामा आफ्नो कार्यालयसमेत दिएर आफूहरु  भाडाको घरमा बसेका विभिन्न संघसंस्थाहरु यतिबेला त्यहि सरकारको विरोधमा उत्रिएका छन्। 

रुपन्देहीका ६० भन्दा बढी संघसंस्थाले आज बुटवलमा शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन्। संघसंस्था तथा कांग्रेसको बन्द र आन्दोलनको कारण आज स्थानीय प्रशासनले बुटवलमा निषेधाज्ञा जारि गरेको छ।  

रुपन्देही प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी गरिएको समयमा ५ जना भन्दा बढी जम्मा हुन र समुहमा हिडडुल गर्न पाइने छैन।  

प्रकाशित: Oct 04, 2020| 02:10 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।