शनिबार, भदौ १३, २०८३

तमादी पहिरो पीडितलाई सरकारको १० लाख राहत 

स्याङ्जाको वालिङस्थित तमादीमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई संघीय सरकारको तर्फबाट शुक्रबार एकमुष्ट राहत प्रदान गरिएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

पोखरा- स्याङ्जाको वालिङस्थित तमादीमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई संघीय सरकारको तर्फबाट शुक्रबार एकमुष्ट राहत प्रदान गरिएको छ। गत असोज ८ गते बिहान पहिरोले घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो। 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उनीहरुको घरमै पुगेर १० लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्। पहिरोमा परेर पनि बाँच्न सफल मनिषा नेपाली तथा आमा र भाइहरुको निधनपछि काजकिरिया गर्न मुम्बईबाट आएका भोजराजलाई उनले उक्त रकम प्रदान गरिन्। 

आमासहित परिवारका ९ सदस्य एकैपटक गुमाउनुपर्दाको पीडा आफूले महसुस गरेको मन्त्री अर्यालले बताइन्। मन्त्री अर्यालले मनिषाको शिक्षाका लागि आफूले व्यवस्था गर्ने र अविभावकसमेत आफू रहेको घोषणा गरिन्। 

सम्पतिका नाममा भएको एउटा घर पनि पहिरोले पुरेपछि भारतबाट आएका भोजराजले स्कुलमा बसेर काजकिरिया गरेका छन्। पीडित र विस्थापितको घर निर्माणको जिम्मा सरकारले लिने पनि मन्त्री अर्यालले बताइन्। तमादी मन्त्री अर्यालको माइती गाउँ हो।

असोज ८ गते घरमाथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Oct 02, 2020| 14:40 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।