शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का मन्त्रीहरुको मुख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता

प्रदेश १ का मन्त्रीहरुको मुख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता

प्रदेश १ का मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

विराटनगर- प्रदेश १ का मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन्। 

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले कार्य सम्पादन सम्झौता गरेका हुन्।

अन्य मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम छ। 

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए। उनले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवम् बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Oct 02, 2020| 13:00 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।