शनिबार, भदौ १३, २०८३

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

सप्तरी- सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिनअघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको हो। 

यसअघि भक्तपुर अस्पतालमा उपचाररत सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ संक्रमणबाट मृत्यु भएको थियो।

खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए।

संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ। सप्तरीमा मृत्यु हुनेको संख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Oct 02, 2020| 12:20 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।