शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश राजधानी सार्न थालिएको भन्दै बुटवलमा प्रदर्शन, सरकारी गाडी तोडफोड

प्रदेश राजधानी सार्न थालिएको भन्दै बुटवलमा प्रदर्शन, सरकारी गाडी तोडफोड

बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै अहिले बुटवलका मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

बुटवल- प्रदेश– ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएपछि बुटवलमा प्रदर्शन सुरु भएको छ। 

बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै बुटवलका मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन्। 

यसक्रममा उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन्।

पूर्वाधार नै नभएको दाङको भालुबाङमा प्रदेश राजधानी बनाउन लागिएको भन्दै प्रदर्शनकारीले प्रदेश सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। 

प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा राजधानी बनाउने प्रस्ताव आजै प्रदेश सभामा दर्ता गराएको छ। 

बुटवलका सडकमा यतिबेला ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। 

प्रकाशित: Oct 02, 2020| 11:08 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।