काठमाडौं– नेपालमा शुक्रबारसम्म ६० हजार ६९६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७३.६ प्रतिशत हो।
आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।
हालसम्म प्रदेश १ बाट पाँच हजार ४०२, प्रदेश २ बाट १३ हजार ९२८ र बागमती प्रदेशबाट १८ हजार ८५१ जना कोरोनामुक्त भएका छन्।
यस्तै गण्डकी प्रदेशबाट तीन हजार ३७९, प्रदेश ५ बाट नौ हजार ८१, कर्णालीबाट तीन हजार २५ र सुदूरपश्चिम प्रदेशबाट सात हजार ३० जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।