काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२० पुगेको हो। आज मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला छन्।
हिजो बिहीबार पनि ११ जना संक्रमितको मृत्यु भएको थियो।
आजको दिनमा देशभरका आईसीयूमा २१० जना संक्रमित छन् भने भेन्टिलेटरमा २९ जना छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएकोमा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी जना ३३ सय ७ संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमित– २१,२३४
संस्थागत आइसोलेसनमा– ९,४७४
होम आइसोलेसनमा– ११,७६०