शनिबार, भदौ १३, २०८३

काेराेनाकाे दैनिक संक्रमणमा रेकर्ड, आज थपिए २७ सय २२

आज नेपालमा हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- आज नेपालमा हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ नयाँ संक्रमित थपिएका हुन्। नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ४७४ र होम आइसोलेसनमा ११ हजार ७६० जना छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।

हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ५२० पुगेको छ।

प्रकाशित: Oct 02, 2020| 10:37 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।