शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति दिन माग

कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति दिन माग

काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्न चिकित्सक संघले माग गरेको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्न चिकित्सक संघले माग गरेको छ।

संघले शुक्रबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदै कोभिड संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च तथा व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने जनाएको छ।

कोभिडको फ्रन्टलाइनमा काम गर्दा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको भन्दै संघले कोभिड–१९ संक्रमितको उपचारमा संलग्न चिकित्सकहरु स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैयाँसम्मको बीमा रकम भुक्तानीको सुनिश्चितता गर्नुपर्ने, स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढ्दै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्न पूर्व निर्धारित समय लिने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने माग राखेको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधी रेम्डिसिभिर लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेड र जनरल बेडहरुको संख्या वृद्धि गर्नुपर्ने, चिकित्सकहरुको मनोबल उच्च बनाउन सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउनुपर्ने माग संघको छ । 
 

प्रकाशित: Oct 02, 2020| 09:08 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।