शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को राजधानी राप्ती गाउँपालिकाको भालुवाङमा, नाम लुम्बिनी

प्रदेश ५ को राजधानी राप्ती गाउँपालिकाको भालुवाङमा, नाम लुम्बिनी

नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौंं– प्रदेश– ५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने भएकाे छ भने नाम लुम्बिनी राखिने भएको छ।

नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो।

यससम्बन्धी प्रस्ताव आजको प्रदेश सभा बैठकमा पेश भएको छ। यसअघि आजै प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामको निर्णय गरेको थियो।

गाउँपालिकामा प्रदेश राजधानी तोक्ने प्रदेश ५ पहिलो प्रदेश हो। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा, २ को जनकपुर उपमहानगरपालिकामा, बागमतीको हेटौंडा उपमहानगरपालिकामा, गण्डकीको पोखरा महानगरपालिकामा, कर्णालीको वीरेन्द्रनगर उपमहानगरपालिकामा र सुदूरपश्चिमको गोदावरी नगरपालिकामा स्थायी राजधानी तोकिएको छ। 

प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ। 

प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो। 

भालुवाङ बजार बुटवलबाट करिब १०५ किलोमिटर पश्चिम राप्ती नदीको किनारमा अवस्थित छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने यो बजारबाट नेपालगञ्जको दुरी करिब १५८ किलोमिटर छ।

यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो। 

नेकपाका प्रदेश– ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहेका थिए।

उनी पनि दाङकै स्थायी बासिन्दा हुन्। नेकपा महासचिव विष्णु पौडेल लगायतका नेता भने प्रदेश राजधानी बुटवललाई बनाउने पक्षमा थिए। 

प्रकाशित: Oct 02, 2020| 08:48 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।