शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्सभित्रै दुईसहित मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

एम्बुलेन्सभित्रै दुईसहित मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

मोरङमा शुक्रबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

विराटनगर– मोरङमा शुक्रबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुई जनाको एम्बुलेन्सभित्रै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।  

सुनसरी खनारका वृद्ध र सिरहा सुकीपुरका पुरुषलाई थप उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा लगिएको थियो।

तर दुवै जनाको दिउँसो १२ः३० बजेतिर एम्बुलेन्समै मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए। 

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध पुरुषको पीसीआर परीक्षण रिपोर्ट तीन दिनअघि पोजेटिभ आएको थियो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै राख्दै आएका परिवारका सदस्यले श्वासप्रश्वासको समस्या बढ्दै गएपछि एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल ल्याएका थिए। 

त्यस्तै थप उपचारका लागि विराट शिक्षणलतर्फ लगिँदै गरेका सिरहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको छ। उनको गत सोमबारदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको जानकारी देवले दिए। 

विराटनगरको कोशी कोभिड अस्पतालमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी ७२ बर्षिया संक्रमित महिलाको मृत्यु भएको हो।

असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो। महिलामा स्वासप्रश्वासको समस्या हुनुको साथै मिर्गाैलामा पनि समस्या रहेको डा.सिग्देलले जानकारी दिए। 
 

प्रकाशित: Oct 02, 2020| 08:33 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।