शनिबार, भदौ १३, २०८३

वामदेवको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको बताए। अहिले गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन्।

गौतम पक्षका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि निवेदकले जवाफ दिने समय पाउनेछन्।  

दुवैतर्फका कानुन व्यवसायीको बहस सुनेपछि संवैधानिक इजलासले निर्णय दिने सर्वोच्च अदालतले जनाएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

यसअघि बुधबार भएको सुनुवाइमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्।

मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसद्मा लैजान र मन्त्री बनाउन नमिल्ने भनी त्रिपाठीले रिट हालेका थिए।

रिटमा सुनुवाइ गर्दै ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो। सोही इजलासले १४ असोजका लागि संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ गर्न आदेश गरेपछि संवैधानिक इजलासमा गौतमको मुद्दा परेको हो।
 

प्रकाशित: Oct 02, 2020| 06:39 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।