शनिबार, भदौ १३, २०८३

१० देशमा छन् विश्वकै ७१ प्रतिशत कोरोना संक्रमित

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका तीन मुलुक अमेरिका, भारत र ब्राजिलमा मात्रै ५४.३३ प्रतिशत संक्रमित छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट करिब साढे ३ करोड ब्यक्ति संक्रमित भएका छन् । त्ससमध्ये ७१ प्रतिशत संक्रमित १० देशमा रहेका छन् । 

शुक्रबार बिहानसम्ममा कोरोनाबाट ३ करोड ४४ लाख ८४ हजारभन्दा धेरै संक्रमित हुँदा अमेरिका, भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सिको र दक्षिण अफ्रिकासहितका १० देशमा मात्रै २ करोड ४५ लाख ४२ हजार संक्रमित छन् । जुन ७१ प्रतिशत हो । 

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएका तीन मुलुक अमेरिका, भारत र ब्राजिलमा मात्रै ५४.३३ प्रतिशत संक्रमित छन् । यी तीन देशका संक्रमित जोड्दा १ करोड ८७ लाख ३५ हजार हुन्छ । 

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसहित  ७४ लाख ९४ हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् । जुन विश्वभर रहेका संक्रमितमध्ये २१.७३ प्रतिशत हो । 

यस्तै विश्वभरका सम्पूर्ण कोरोना संक्रमितमध्ये १८.५४ प्रतिशत संक्रमित छिमेकी मुलुक भारतमा छन् । जहा शुक्रबार बिहानसम्ममा ६३ लाख ९४ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । 

विश्वभर कोरोनाबाट १० लाख बढि संक्रमित हुने मुलुकको संख्या ४ छ भने ५ लाखभन्दा धेरै संक्रमित भएका मुलुकको संख्या ११ पुगेको छ । 

३८ देशमा एक लाखभन्दा धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा भने कोरोनाबाट ७९ हजार ७ सय २८ जना संक्रमित भएका छन् । 
 

प्रकाशित: Oct 02, 2020| 06:14 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।