काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
दुई अध्यक्षबीच शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव र राजदूत नियुक्त गरेपछि नेकपाभित्र असन्तुष्टि बढेको छ।
दाहाल शुक्रबार बिहानै प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए।
२६ भदौमा सम्पन्न नेकपाको पाँचौ स्थायी कमिटी बैठक र सचिवालय बैठकले समेत दिएको म्यान्डेट विपरीत ओलीले नियुक्ति गरेको भन्दै नेताहरु असन्तुष्ट बनेका हुन्।
ओलीको कार्यशैलीका कारण नेकपाभित्र पुनः विवाद बढ्न सक्ने देखिएको छ।