शनिबार, भदौ १३, २०८३

वामदेवविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवार्इ हुन लागेको हो। 

यसअघि बुधवार भएको सुनुवाईमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।   

गौतमको तर्फबाट ३० भन्दा बढी कानुन व्यवसायीले बहस गरिरहेका छन्। गौतमको तर्फबाट बुधबार बहस गर्ने वकिलहरूले गौतमको सिफारिस ठीक रहेको भन्दै जिकिर गरेका थिए।

गौतम पक्षका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि निवेदकले जवाफ दिने समय पाउने छन्। 

दुवैतर्फका कानुन व्यवसायीको बहस सुनेपछि संवैधानिक इजलासले निर्णय दिने सर्वोच्च अदालतले जनाएको छ। 

२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

मनोनयको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भनि त्रिपाठीले रिट हालेका थिए।

रिटमा सुनुवाइ गर्दै ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो। 

सोही इजलासले १४ असोजका लागि संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ गर्न आदेश गरेपछि संवैधानिक इजलासमा गौतमको मुद्दा परेको हो।

प्रकाशित: Oct 02, 2020| 03:58 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।