शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेमा २८ वर्षीय युवकको कोरोनाबाट मृत्यु, दाहसंस्कार गरेपछि संक्रमण पुष्टि

काभ्रेमा २८ वर्षीय युवकको कोरोनाबाट मृत्यु, दाहसंस्कार गरेपछि संक्रमण पुष्टि

कुनै दिर्घ रोग नभएका उनलाई ३/४ दिनदेखि ज्वरो आएपछि हेलिकोप्टरबाट ल्याएर धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

धुलिखेल- काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । 

कुनै दिर्घ रोग नभएका उनलाई ३/४ दिनदेखि ज्वरो आएपछि हेलिकोप्टरबाट ल्याएर धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । विकट मानिने डाँडापारि क्षेत्रबाट हेलिकप्टरमा ल्याएर अस्पताल ल्याएको केहि समयमै बुधबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

ज्वरोलगायत समस्या देखिएपछि ३–४ दिनदेखि खानीखोला गाउँपालिका–४ स्थित एक मेडिकलमा उनको उपचार गरिएको थियो । अझै गह्रो भएपछि हेलिकप्टरमार्फत अस्पताल ल्याएको उनका आफन्तलाई उधृत गर्दै अस्पतालले जनाएको छ । 

मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको हो । मृतक युवकको कोरोना परिक्षण गराउन समेत आनाकानी गरेका आफन्तले शव आफैले लिएर गएका थिए । परिवारले पनौतीमा युवकको अन्तिम संस्कार गरेको छ ।

अन्तिम संस्कारपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि युवकको सम्मर्कमा आएकाहरुको स्वाव संकलनका काम भइराखेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए । 
 

प्रकाशित: Oct 02, 2020| 03:40 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।