झपा– दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल १ स्थित बगानमा जाँच गर्ने क्रममा आलमसँग भएको ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए।
आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ।