शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलङ्गा सिल

२७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलङ्गा सिल

२४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

खलङ्गा- जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । 

२४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 

उनले भने, “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।” कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए । 

उनले भने, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।” रासस
 

प्रकाशित: Oct 02, 2020| 03:14 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।