शनिबार, भदौ १३, २०८३

दुई वर्षपछि एउटै खेलमा भिड्ने भए मेसी र रोनाल्डो

आउँदो सिजनको च्याम्पियन्स लिग ड्र सार्वजनिक भएको छ। पेर्चुगिज फरवार्ड रोनाल्डो र मेस्सीको टिम बार्सिलोना एउटै समूहमा परेका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- यूईएफए च्याम्पियन्स लिगको क्वालिफाइङ खेल सकिएसँगै आउँदो सिजनको च्याम्पियन्स लिग ड्र सार्वजनिक भएको छ।

अक्टोबर २० बाट सुरु हुने समूह चरणको प्रतियोगितामा  ८ समूहमा ३२ टिमले प्रतिस्पर्धा गर्नेछ। जहाँ एक समूहमा ४ टिम समावेस हुनेछन्।

पछिल्लो सिजनको विजेता क्लब बायर्न म्युनिख समूह ‘ए’ मा छ। उसले सो समूहमा स्पेनिस क्लब एट्लेटिको मड्रिड, साल्सबर्ग र लोकोमोटिभ मस्कोको सामना गर्नेछ।

त्यस्तै, पेर्चुगिज फरवार्ड रोनाल्डो र मेस्सीको टिम बार्सिलोना एउटै समूहमा परेका छन्। दुवै क्लब समूह ‘जी’ मा छन्।

त्यस्तै साविक उपविजेता पेरिस सेन्ट जेर्मेन(पीएसजी)ले समूह एचमा म्यानचेस्टर युनाइटेड, लाइप्जिक र इतानबुलको समाना गर्नेछ।

आउँदो च्याम्पियन्स लिगको समूह चरणमा नै बार्सिलोना–युभेन्टस रियल मड्रिड–इन्टर मिलान, लिभरपुल–एटलान्टा, पीएसजी–म्यानचेस्टर युनाइटेडका बलियो प्रतिस्पर्धा देख्न सकिने छ। 

यसअघि मेस्सी र रोनाल्डो ३५ खेलमा भेट भएका छन्। जसमा रोनाल्डो साइडले १० जित निकाल्दा मेस्सीको टिमले १६ जित निकालेको छ। ९ खेल भने बराबरीमा रोकिएको छ।

यता दुवैको गोल तुलना गर्दा मेस्सीले धेरै गोल गरेका छन्। बार्सिलाेना स्टारले २२ गोल गरेका छन् भने रोनाल्डोले १९ गोल गरेका छन्।

च्यम्पियन्स लिग समूह चरणको तालिका 

समूह ए – एट्लेटिको मड्रिड, बायर्न म्युनिख, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी – रियल मड्रिड, इन्टर मिलान, शख्तर डोनेस्क, बोरुसिया मोन्चेग्लाडबाख

समूह सी – म्यानचेस्टर सिटी, पोर्टो, ओलम्पियाकोस, मार्सेल्ली

समूह डी – लिभरपुल, आयाक्स, एटलान्टा, मिड्जेल्याण्ड

समूह ई – सेभिया, चेल्सी, क्रस्नोडार, रेनेस

समूह एफ – सेन्ट पिटर्सबर्ग, बोरुसिया डोर्टमुन्ड, लाजियो, क्लब बर्ग

समूह जी – युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेनबारोसे

समूह एच – पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल बासाकेसिर
 

 

प्रकाशित: Oct 02, 2020| 02:45 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।