शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमणबाट विराटनगरमा एक बालकको मृत्यु

धनुषाको जनकपुर उपमहानगरपालिका २ का ६ वर्षीय बालकको बिहीबार दिउँसो ४ बजे ज्यान गएको हो। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

विराटनगर–प्रदेश १ मा कोरोना भाइरस संक्रमणका कारण एक बालकको मृत्यु भएको छ । 

मोरङको बूढीगंगा गाउँपालिका २ स्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका धनुषाको जनकपुर उपमहानगरपालिका २ का ६ वर्षीय बालकको बिहीबार दिउँसो ४ बजे ज्यान गएको हो। 

प्रदेश १ मा उपचाररत संक्रमितमध्ये नाबालकको यो नै पहिलो मृत्यु हो। 

बालकलाई असोज ८ गते कोरोना पुष्टि भएपछि असोज ९ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। 

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवकाअनुसार सुरुमा नाबालकलाई असोज ६ गते विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो। 

लामखुट्टेको टोकाइबाट हुने मेनेन्जाइटिसको समस्याका कारण बेहोस बनेका उनलाई मेनेन्जाइटिसकै उपचारका लागि नर्सिङ होम भर्ना गरिएको थियो। 

तर नाबालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। कोरोना पुष्टि भएपछि भने नर्सिङ होमबाट थप उपचारका लागि शिक्षण अस्पतालको आइसोलेनमा लगिएको जानकारी देवले दिए। 

प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उपचाररतमध्ये नाबालकसहित मृत्यु हुनेको संख्या हालसम्म ७६ पुगेको छ।
 

प्रकाशित: Oct 02, 2020| 01:46 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।