शनिबार, भदौ १३, २०८३

डा. केसीले ठूलो कुरा केही मागेका छैनन् : माथेमा 

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले डा. गोविन्द केसीले सरकारले पूरा गर्न नसक्ने कुनै विषय नउठाएको बताएका छन्।  
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सरकारसँग डा. गोविन्द केसीले कुनै ठूलाे माग  नराखेकाे बताएका छन्।  

‘डा. केसीको सत्याग्रह र नागरिकको दायित्व’ विषयक कार्यक्रममा बोल्दै माथेमाले डा. केसीले विगतका सम्झौता कार्यान्वयन खोजेकाले सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘डा. केसीले आकाश मागेका छैनन्। उनले विगतका सहमति कार्यान्वयन खोजेका छन्। यी माग पूरा गरेमा यसको श्रेय सरकारलाई नै जान्छ।’ 

माथेमाले मेडिकल शिक्षामा अहिले देखिएको केही सुधार पनि डा. केसीको विगतका अनशनको उपलब्धि भएको बताए। ‘मेडिकल क्षेत्रमा भएको विसंगतिलाई डा. केसीका यसअघिका आन्दोलनले सुधार गरेको छ,’ उनले भने, ‘सबै माग कार्यान्वयन भए समग्र मेडिकल क्षेत्र स्वच्छ बन्छ।’ 

कार्यक्रममा नागरिक अगुवा दमननाथ ढुंगानाले सरकारलाई जनता भड्काउने काम नगर्न आग्रह गरे। ‘डा. केसीको माग जनतामा, सडकमा पुगिसकेको छ,’ ढुंगानाले भने,  ‘लोकमतको अनादार गर्न सरकारले पाउँदैन।’ डा. केसीको माग जायज भएकाले वार्ता गरेर पूरा गर्नुपर्ने उनको भनाइ छ। 

पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले डा. केसीको माग जनताका मुद्दा भएकाले पूरा गरेर सरकारलाई जस लिने अवसर भएको बताए। 
‘डा. केसीको माग असम्भव र नाजायज छैनन्,’ श्रेष्ठले भने, ‘त्यसैले सरकार वार्तामा आउनुको विकल्प छैन।’  डा. केसी एउटा सत्य भएकाले सत्य कहिल्यै एक्लो नहुने पनि श्रेष्ठको भनाइ छ। 

डा. केसीको १९औं अनशनको बिहीबार १८औं दिन हुँदा पनि सरकारले वार्ता टोलीसमेत बनाएको छैन। आज मात्रै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनशन रोक्न डा. केसीलाई आग्रह गरेका छन्। 
 

प्रकाशित: Oct 01, 2020| 16:18 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।