काठमाडौं– गाई काटेर खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ।
गल्याङ नगरपालिका–९ जौबारीमा गाई काटेर मासु भाग लगाई टाउको र खुट्टा खाडल खनेर पुरेको भन्ने सूचनापछि प्रहरीको टोली पुगेको थियो।
वालिङबाट प्रहरी टोली, पशु सेवा कार्यालयका पशु चिकित्सक र पशु प्रविधिकसहितको टोलीले खाडल खनेर हेर्दा गाईको टाउको, चार वटा खुट्टा, आन्द्रा भुँडी समेत कुहिई दुर्घन्धित अवस्थामा फेला परेको थियो।
गाई काट्ने काममा संलग्न नारायण भुषाल समेतको घर कोठा खानतलासी गर्दा घरबाट सुकाई राखेको गाईको मासु फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न नारायण भुषाल, राम बहादुर सार्की र डोलुराम नेपालीलाई पक्राउ गरी पशु सम्बन्धि कसुर मुद्दामा अदालतबाट २५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।