शनिबार, भदौ १३, २०८३

प्रदेश ५ : प्रहरीलाई आचरण शुद्धीकरण तालिम

प्रदेश ५ मा प्रहरी आचरण शुद्धीकरण तालिम सम्पन्न गरिएको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

भैरहवा – प्रदेश ५ मा प्रहरी आचरण शुद्धीकरण तालिम सम्पन्न गरिएको छ।

प्रदेशका १२ जिल्लाका प्रहरी कर्मचारीलाई आचारसंहितासम्बन्धी कार्यादेश २०७७ बमोजिम आचरण शुद्धीकरणको तालिम दिइएको हो।

प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार तालिममा प्रदेका विभिन्न कार्यालय र मातहतका एसपीदेखि सिपाहीसम्म गरी आठ हजार ९२४ जना सहभागी थिए। 

असोज १ गतेदेखि सञ्चालित अनुशिक्षण तालिम १२ गते समापन भएको थियो।

प्रहरी कर्मचारीले व्यावसायिक जीवनमा सेवा प्रवाह गर्दा प्रहरी कार्यालयमा आउने सेवाग्राहीसँग गर्ने व्यवहार, व्यावसायिक जीवनमा निर्वाह गर्नुपर्ने सिद्धान्त, कर्तव्य, प्रहरीको आचरणबारेमा तालिम दिइएको हो।

सेवाग्राहीको गुनासो, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणजस्ता विषयमा पनि तालिम दिइएको थियो। 

प्रकाशित: Oct 01, 2020| 13:10 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।