शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा निषेध आदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना

जुम्लामा निषेध आदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना

कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाममा पुनः निषेध आदेश जारी भएको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

सुर्खेत- कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाममा पुनः निषेध आदेश जारी भएको छ।

एकै पटक ३६ जनामा संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेध आदेश लागू गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्नासम्मको चार किल्ला तोकेर निषेध आदेश जारी गरिएको छ।

आज १५ गते (बिहीबार) दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत २७ जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमण भएको छ।

एकैपटक २७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको अस्पालका निर्देशक डाक्टर मंगल रावलले जनाएका दिए। जुम्लामा हाल ४७ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Oct 01, 2020| 13:05 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।