शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीलाई सरकारको आग्रह, ‘अहिलेलाई अनशन तोड्नुस्, बाँकी छलफल गर्दै गरौंला’

डा. केसीलाई सरकारको आग्रह, ‘अहिलेलाई अनशन तोड्नुस्, बाँकी छलफल गर्दै गरौंला’

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राखेर १८ दिनदेखि  अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारले अनशन तोड्न आग्रह गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राखेर १८ दिनदेखि  अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारले अनशन तोड्न आग्रह गरेको छ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमणको असामान्य अवस्थामा अनशन, सत्याग्रह हडताल गर्नु ठिक नभएको भन्दै सरकारका तर्फबाट डा. केसीलाई अनशन तोड्न आग्रह गरेका हुन्।

उनले भने, ‘यो बेला अनशन, सत्याग्रह, हडताल सुहाउँदो विषय होइन। केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ। अहिले अनशन फिर्ता लिएर कोरोनाविरुद्धको लडाइँमा जोडिऔं, बाँकी कुरा छलफल गर्दै जान सक्छौं।’

मन्त्री ज्ञवालीले डा. केसीका धेरै माग सम्बोधन भइसकेको र केही माग कार्यान्वयनका क्रममा रहेको दाबी गरे।

उनले भने, ‘विगतदेखि उहाँले उठाउँदै आउनुभएका माग पूरा भएर कार्यान्वयनमा गइसकेको छ। चिकित्सा शिक्षा आयोग बनिसक्यो, नियमावली बनिसक्यो, सातवटै प्रदेशमा मेडिकल कलेज खोलियून् भन्ने माग पनि पूरा हुने क्रममा छन्।’ 

अन्य विषयमा पनि सरकारले आफ्नो स्रोतले भ्याएसम्म हरसम्भव प्रयत्न गरिरहेको मन्त्री ज्ञवालीले बताए।
 
 

प्रकाशित: Oct 01, 2020| 12:35 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।